म अनि मेरो कविता

मेरो कविता

कहिले मन भित्रका कुरा खोल्नका लागि
कहिले मनभित्र भाव सँगाल्नका लागि
कहिले आवाज बनेर मुटुको ढुकढुकीमा
धड्किनका लागि लेखियोस्, मेरो कविता
जुन कल्पनाको अद्भूत विकल्प बनोस् ।

मेरो कविता मगजको नक्साभित्र
आन्दोलित तरंगहरूको होडबाजी हो
जुन शब्द भएर निस्कन्छ
भावहरू अक्षररुपी स्पर्शका लागि जब भावुक हुन्छन्
तब मैले लेख्न कोसिस गरेकोे कविता जन्मन्छ ।

एक दार्शनिक झैं, मभित्रको मेरो दर्शनले
मार्गदर्शन प्रदान गर्छ मलाई
अनि म आशामा लिप्त हुन्छु, तल्लीन हुन्छु
‘म’ भित्रको ‘म’लाई चिन्नको लागि,
मेरो कविताले मलाई ‘म’ भएकोे आभास दिन्छ।

अर्थहरूको पूर्ण रूपजस्तै
शब्दहरूको पनि पूर्ण रूप बनोस् मेरो कविता
भारी बिसाएर रुखको छहारिमा सुसेल्ने बटुवा दाइझैं
म बिसाउन पाऊँ- मभित्र गुम्सिएको वेदना
मेरो कवितामा,
एक्कैछिनको लागि मात्र भए पनि
मलाई आफ्नो बन्न दियोस् मेरो कविताले।

© सुशान्त थापा
विराटनगर, नेपाल

  Bio of Sushant Thapa

Sushant Thapa (born on 26th February, 1993) is a Nepalese poet from Biratnagar-13, Nepal who holds a Master’s degree in English literature from Jawaharlal Nehru University, New Delhi, India.

Read more about Sushant Thapa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×