हराएको खुशी

हराएको खुशी

मेरो शरीर भित्र आज केहि हरायो,
जसरी साँझको बेला घाम हराउँछ।
भएन बिहानी समय धेरै भयो,
रमाइला कुराकानी भई रहेका छन, म मौन छु,
सबैका माझ हुँदा पनि म एकान्त मा छु।
पीडा लुकाउन हाँसोलाई जबर्जस्ती निकालेर देखाउँछु।
यस्तै चली रह्यो भने जति रमाइला पल आउँदा पनि,
म आफैं भित्र हराउँछु, आफैं भित्र रमाउँछु।

एक दिन अचानक म भित्र प्रश्न आयो!!
त्यो हराएको घाम त म खोज्न सक्दिन तर,
म भित्र हराएको त्यो कुरा पक्कै खोज्न सक्छु!!!
अठोट जाग्यो।
त्यो घाम न उदाएको अन्धकार मा
उज्यालो अनि जवाफ खोज्न गए म,
प्रश्न को जवाफ मिल्दै गयो, म अचम्भित भएँ।
म भित्र वास्तव मा खुशी हराएको रहेछ,
घाम त सधैँ उदाएको रहेछ।
महशुस गर्ने मेरो ढोका पो बन्द रहेछ।

© विनिता मिश्र

Binita Mishra is a student of standard 12 at Shree Mahendra Secondary School, Ratuwamai-10, Devisthan, Nepal. She loves to write poems, stories and songs. She aspires to become a renowned author.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×