मेरो समाज

मेरो समाज

म यस्तो समाजमा बस्छु जहाँ,
महिलालाई अत्याचार भए कराउनु हुन्न ।
गलत होलान् ती कामहरू तर,
पुरुषले कुनै काम गर्न डराउनु हुन्न ।
चुलोचौको गरेकी ती महिलाका हातले,
साक्षरताको कलम समाउनु हुन्न‌।
चोट लाग्ला तिमीलाई, चित्त तिम्रो पनि दुख्ला,
तर तिमी छोरो हौ नि, छोराले आँसु बगाउनु हुन्न ।

सही गलत त यसै छुट्याई दिन्छ यसले,
मानौ, कानुन यसकै हातमा छ,
किनकि यो‌ समाज खुब जान्ने छ ।
तिमी जति नै राम्रो काम गर तर,
यसले तिम्रो‌ एक गल्ती नै मान्ने‌ छ‌ ।

तिमी थोरै माथि त चढ्न खोज,
यस्ले तिम्रो खुट्टा तानी पछार्ने छ ।
थोरै सफल त हुदै जाऊ न‌ तिमी,
दुस्मन त पाइला पाइला‌मा भेटिने छ।
हिजो सँगै बसेर दु:ख साट्ने
भोलि तिम्रो कुरा काट्नेमा देखिने छ।
आफैँ केही गर्न नसकेपछि
अर्काको प्रयासमा पनि खोट लगाउँछ।

म यस्तो समाजमा बस्छु जहाँ,
एक पुरुषले महिलासँग सम्बन्ध विच्छेद गर्दा
समाजले त्यस पुरुस्लाई वचनले कुटने गर्छ ।
तर त्यही पुरूष रातदिन
खाडीमा पसिना बेच्दै गर्दा,
यता उसकी श्रीमती अर्कैको अँगालोमा बाधिएकी हुन्छिन्,
तर त्यति बेला त्यही समाज
कानमा तेल हालेर सुत्ने गर्छ ।

यहाँ दोषी समाज मात्र छैन,
दोष हाम्रो पनि उत्ति नै छ ।
हामी कहिल्यै आफ्ना रहर पूरा गर्दैनौ !
समाजले के भन्ला भनी ‌।
तिमी आफू हुँदाको खुसी सम्झ,
समाजले गर्ने तिरस्कार नगन ।
तिमी र म मिलेर बनेको हो यो समाज,
समाजले बनाउन खोजे जस्तो
कठपुतली तिमी नबन ।
तिम्रो आवश्यक्ताको खाडी
आफ्नो आवश्यक्ताले पुर्दै जाऊ,
यो त समाज न हो,
एक दिन बोल्दा बोल्दै आफैँ थाक्ने छ ।

© विनिता मिश्र

Binita Mishra is a student of standard 12 at Shree Mahendra Secondary School, Ratuwamai-10, Devisthan, Nepal. She loves to write poems, stories and songs. She aspires to become a renowned author.

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×