बाल दिवस
थुप्रै थिए चिच्याउने भिड जमाई
“चरित्र हि वलम्”
नारा लाउँदै कण्ठ सुकाई
“इमान नै धरम्” ।
नबुझी अर्थ मनाई रहेछौं
टुहुरा टुहुरी को बाल दिवस
भाँडा माझ्दै कलिला हातहरु
ठिहीमा छन विवश।
बालापन कस्तो हुन्छ त्यो
बालकलाई थाहा छैन कतै,
जवाहरलाल को सृजनको
सपनाको यो दिन खेर गयो त्यसै ।
खिचाउ तस्वीर काखमा राखी
त्यो अबोध बालकलाई।
रोग कष्टले कति मर्छन् ,
त्यहि साल अनगन्ती भोकाई।
केहि गर्छु भनी लड
आफ्नो खुट्टामा कति त
तर लक्ष्य नपाई बिलाउ अ,
बाटैमा आधी जति त।
यसरी नै धमिलिँदै जान्छ होला
गर्नू पर्ने कर्तब्य भोली,
कर्तव्य त नभनौं है गर्नु पर्छ
उत्थान कार्य अबोध टोली।
यसैमा छ सर्व मानव धर्म
हाम्रो आत्म शान्तिको,
हराउन सक्नु पर्छ छल र कपट,
विनाश लीला बिश्व-क्रान्तिको।
© विनिता मिश्र
Binita Mishra is a student of standard 12 at Shree Mahendra Secondary School, Ratuwamai-10, Devisthan, Nepal. She loves to write poems, stories and songs. She aspires to become a renowned author.