दादा

दादा_Poem by Binita Mishra

भन्ने साहस कहिल्यै आएन,
तर तिमी मेरो संसार हौ।
म पूर्ण छु तिम्रो साथमा,
सुरक्षित छु तिम्रो छायामा,
म सतर्क छु तिम्रो बोलीमा,
पृथक छु तिम्रो मायामा ।

मेरो भन्नु कोही छ भने त्यो तिमी हौ,
भन्ने साहस कहिले आएन दादा,
जिन्दगीमा घट्ने अनेक
महाभारतका मैदानमा,
तिमी मेरो कृष्ण हौ, म तिम्रो अर्जुन।

मेरो न्यानो घाम, शितल जुन हौ तिमी,
पाठशाला हौ, मेरो एकाइ हौ,
मेरो ज्ञान, विवेक, मेरो गुरु हौ,
मेरो जीवन हौ तिमी, मुटु हौ मेरो।

अनेकौं रहरका भारी बोकेर,
सुख खोज्न कहिले कता-कहिले कता,
भौँतारि रहँदा रहरहरू कै पनि आयु सकियो होला,
तर थाक्दै नथाक्ने तिमी, मेरो अभिमान हौ।

© विनिता मिश्र

Binita Mishra is a student of standard 12 at Shree Mahendra Secondary School, Ratuwamai-10, Devisthan, Nepal. She loves to write poems, stories and songs. She aspires to become a renowned author.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×