आफू

आफू

तिमीलाई अरुले के भन्छ,
तिम्रो बारे अरुले के सोच्छ,
यो सोच्नु भन्दा पहिले,
तिमीले आफूलाई के सोच्छौ,
यो कुरा महत्वपूर्ण हो।

तिमीलाई नराम्रो भन्न,
तिमीलाई नराम्रो बनाउन,
यो सारा संसार छँदै छ,
तर, के तिमी आफ्नो क्षमताले
आफ्नो परिचय दिन सक्दैनौ र?

तिमीले आफूलाई नै कमजोर ठान्छौ,
आफ्नो जीवनमा आफू भन्दा अरु
कसैलाई धेरै महत्व दिन्छौ भने
तिमी ” तिमी” हुनुको के फायदा?

यो आकर्षण र देखावटी दुनियाँ मा,
तिमी आफूलाई सही लाग्ने काम गर्न,
अलिकति पनि न तिमी डराउ।
तिमी यो न्यायिक समाजलाई,
आफ्नो अस्तित्व माथि हावी हुन न देऊ ।

तिम्रो जीवनमा आएका र गएका
हरेक व्यक्तिलाई विश्वास नगर तिमी।
तिमी आफू दुखी भय अरूलाई
खुशी बनाउन केही आवश्यक्ता छैन।
तिमी यदि आफ्नो आँखा अघि
सही छौ भने, यो समाजले तिमीलाई,
राम्रो सुझाव दि राख्न केही जरूरी छैन।

© विनिता मिश्र

Binita Mishra is a student of standard 12 at Shree Mahendra Secondary School, Ratuwamai-10, Devisthan, Nepal. She loves to write poems, stories and songs. She aspires to become a renowned author.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×