अछुत किन?

अछुत किन

सानो जात भनेर भेद भाव किन गरेका होलान्?
विभिन्न कुराहरूमा अग्रसर हुन बन्देज किन गरेका होलान्?
आखिर उनीहरूलाई पनि त स्वतन्त्र बनाउनु पर्ने।
गर्व गर्नु पर्ने सानो जात प्रति मानिस हरूले।
तिनै सानो जातले बनाएको हतियार प्रयोग गरी,
विश्व एकिकरण बन्न पुगेको छ।
तिनै सानो जात ले सिलाएको लुगा लगाएर
आफ्नो नाङ्गा शरीर ढाकेका छन्।
तिनै सानो जातले बनाएको जुत्ता लगाएर
काँडा बिझ्न बाट जोगिएका छन्।
त्यै साना जातले बनाएको भाँडा प्रयोग गरी
आफ्ना आवश्यकता पूरा गरेका छन्।

यती हुँदा हुँदै पनि अछुत किन?
सबै सँग सिर निहुराएर हिँड्न पर्ने किन?
आखिर रगत त सबै काे एउटै हुन्छ!!
फेरि यो भेदभाव चै किन??
अछुत किन??

© विनिता मिश्र

Binita Mishra is a student of standard 12 at Shree Mahendra Secondary School, Ratuwamai-10, Devisthan, Nepal. She loves to write poems, stories and songs. She aspires to become a renowned author.

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×